कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयमा निर्माण भइरहेछ पहिलो डिजिटल लाइब्रेरी हब

कुचबिहार (निसं): आईआईटी खडगपुर नेशनल डिजिटल लाइब्रेरी अफ इन्डियाको सहयोगमा कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयमा पहिलो डिजिटल लाइब्रेरी हब निर्माण गरिरहेको छ। कुचबिहारको रविन्द्र भवनमा आज खडगपुर नेशनल डिजिटल लाइब्रेरी अफ इन्डिया र नेशनल डिजिटल लाइब्रेरी अफ इन्डियाको देखरेखमा एवम् आईआईटी खडगपुर र कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको संयुक्त पहलमा डिजिटल लाइब्रेरी हब सम्बन्धि एउटा विशेष सेमिनारको आयोजना गरियो। उक्त सेमिनार दुई दिनसम्म चल्नेछ। सेमिनारमा कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयका उप कुलपति डा. निखिलेश चन्द्र राय, रजिस्ट्रार डा. अब्दुल कादिर सफली, चेयरम्यान सेन्ट्रल लाइब्रेरी आईआईटी खडगपुर अधिकारी केपी सिन्हा महापात्र, लाइब्रेरियन सेन्ट्रल लाइब्रेरी आईआईटी खडगपुर डा. बी सूत्रधर, अध्यक्ष प्रदीप कुमार कर लगायत अन्य उपस्थित थिए। पञ्चानन बर्मा विश्वविद्यालयले उक्त डिजिटल लाइब्रेरी हबको लागि आधुनिक सर्वर कम्प्यूटर र उन्नत उपकरण स्थापित गर्ने भएको छ। डिजिटल लाइब्रेरी हब तयार भएपछि विश्वविद्यालयका विद्यार्थीहरू लगायत जिल्ला बाहिरका विभिन्न स्कुलहरू तथा कलेजका विद्यार्थीहरूलाई निक्कै राम्रो हुनेछ। सेमिनारमा नेशनल डिजिटल लाइब्रेरीको बारेमा विभिन्न जानकारी प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *