कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको दीक्षान्त समारोह

कुचबिहार : कुचबिहारको उत्सव अडिटोरियम हलमा आज कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको दीक्षान्त समारोहको आयोजना गरियो। उक्त दीक्षान्त समारोहको विश्वविद्यालयका उपकुलपति डाक्टर देव कुमारले शुभारम्भ गरे। आजको दीक्षान्त समारोहमा मोठ 39 जना विद्यार्थीहरूलाई गोल्ड मेडल तथा 44 जना विद्यार्थीहरूलाई सिल्भर मेडल प्रदान गरियो। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव, उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष, विनय कृष्ण बमर्नलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *