कोरोना अस्पतालको परिसेवाबारे जलपाईगढीमा बैठक

जलपाईगढी : जलपाईगढी रोगी कल्याण समितिका सदस्यहरूले आज जलपाईगढी जिल्ला सदर अस्पतालमा एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा कोभिड अस्पतालहरूको परिसेवालाई लिएर केही महत्वपूर्ण निर्णय लिएको छ। बैठकपछि रोगी कल्याण समितिका चेयरम्यान तथा सिलगढी-जलपाईगढी विकास प्राधिकरणका चेयरम्यान विजय चन्द्र बर्मनले प्रतिदिन अस्पातलमा भर्ना भएका रोगीहरूलाई के-कस्तो भोजन उपलब्ध गराइरहेको छ भन्ने उद्देश्यले अस्पतालको छड्के भ्रमण गर्ने बताए। यसको साथै अस्पतालभित्र रोगीहरूलाई मोबाइल फोन प्रयोग गर्नमा पनि रोक लगाइने भएको छ। केही मानिसहरूले राजनीतिक रूपमा सरकारलाई बदनाम गर्ने प्रयास गरिरहेको छ भने तीमध्ये केही मानिसहरू चिन्हित गरिसकेको बताइएको छ। बैठकमा जलपाईगढी सदर अस्पतालको रोगी कल्याण समितिका चेयरम्यान तथा सिलगढी-जलपाईगढी विकास प्राधिकरणका चेयरम्यान विजय चन्द्र बर्मन, जिल्लाशासक अभिषेक कुमार तिवारी, उत्तरबंग ओएसडी डा. सुशान्त राय, सदर अस्पतालका अधीक्षक डा. गयाराम नस्कर लगायत नगरपालिकाका अधिकारी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *