कोरोनाबारे जागरूकता अभियान

नक्सलबारी: घोषपुखुर दुर्गा महिला वेलफेयर सोसाइटीको तर्फबाट दोल उत्सवको आयोजना गरियो। दोल उत्सवको शुभ अवसरमा कोरोना भाइरसलाई लिएर जागरूकता अभियान चलाइयो। सोसाइटीका सभापति रेखा सिंहले उत्सवको अवसरमा घोषपुखुर ग्राम पञ्चायतको मैलानी जोतमा धेरैवटा कार्यक्रमहरूको आयोजना गरेको साथै धेरै संख्यामा मानिसहरू सामेल भएको बताए। अर्कोतिर, गणेश देवनाथले सोसाइटीको तर्फबाट कोरोना भाइरसलाई लिएर आउँदो दिनहरूमा क्षेत्रको विभिन्न ठाउँहरूमा जागरूकता अभियानको आयोजना गर्ने बताए। यस अवसरमा उत्सवमा सोसाइटीका सभापति रेखा सिंह, सचिव गोरी दास, गणेश चन्द्र देवनाथ लगायत धेरै संख्यामा मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *