कोरोनाबारे अशोक भट्टाचार्यद्वारा मानिसहरूलाई जागरूक

सिलगढी : सिलगढी सहरवासीलाई कोरोना महामारीबारे सचेतन गराउने उद्देश्य लिएर प्रशासक अशोक भट्टाचार्य स्वयम् सडकमा ओर्लिएका छन्। आज तिनले सिलगढीको हासमीचोकस्थित विभिन्न इलाकाहरूमा गएर त्यहाँका मानिसहरूलाई कोरोना महामारीबारे सचेतन गराउँदै लिफलेट तथा मास्कहरू पनि वितरण गरे। तिनले बताएअनुसार सिलगढी सहरमा मात्र नभएर हाल देशभरि नै कोरोनाको संक्रमण दिनहुँ बढ्दै गइरहेको छ। विश्वमा भारत कोरोना संक्रमितको गणनामा पाँचौँ नम्बरमा छ। कोरोना महामारीको रोकथामको लागि मानिसहरूमा सचेतन फैलाउन अति आवश्यक रहेको साथै आतङ्कित नभएर चिकित्सकहरूको परामर्श लिइने तिनले सबैसित निवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *