कोरोनाबारे वामफ्रन्ट-द्वारा मानिसहरूलाई जागरूक

सिलगढी : देशका विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यस्तो परिस्थितिमा मानिसहरूलाई कोरोना भाइरसबारे सचेतन गराउने उद्देश्य लिएर धेरैजना अघि आएको छ। यसै क्रममा आज दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट सिलगढी सहरमा कोरोनाबारे सचेतनता अभियान चलाइयो।


यस अवसरमा निवर्तमान विधायक अशोक भट्टाचार्य लगायत पार्टीका अन्य कार्यकर्ताहरूले घाटीमा प्ला कार्ड झुन्ड्याएर सिलगढी सहरवासीहरूलाई कोरोनाबारे जागरूक गराउँदै पर्चाहरू पनि बाँडे। देशमा कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई लिएर तिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोषी ठहराउँदै केन्द्रको उदासीनताको कारण नै देशमा कोरोनाले भयावह रूप धारण गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *