कोरोनाबारे बिजनबारी खण्ड कार्यालयमा सभा

बिजनबारी : कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर आज दार्जिलिङको पुलबजार खण्ड कार्यालय बिजनबारीमा खण्ड विकास अधिकारी सञ्जय घिसिङको उपस्थितिमा खण्ड क्षेत्रका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू तथा स्वास्थ्य कर्मचारीहरूलाई लिएर एउटा चिन्तन सभाको आयोजना गरियो। उक्त सभामा कोरोना महामारीलाई रोकथाम गर्न के-कस्तो पहल गर्नुपर्ने साथै यसको व्यवस्थापन बारे चर्चा परिचर्चा गरिएको भाजपा जिल्ला उपाध्यक्ष एलएम लामाले जानकारी दिएका छन्। सभामा विशेष गरेर गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल, तृणमूल कङ्ग्रेस महकुमा महासचिव निर्मल सिंह लगायत अन्य पार्टीका प्रतिनिधिहरूले आ-आफ्नो सुझाउहरू राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *