कोरोनाबारे विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूद्वारा विभागीय अधिकारीहरूसित भेट

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा सुके मानेभञ्ज्याङ तथा पोख्रेबुङ चामोङ समष्टि साथै हिल तृणमूल कङ्ग्रेसको प्रतिनिधि टोलीले आज कोरोनाको बढ्दो परिस्थितिबारेमा जोरबङ्लो सुकेपोखरी खण्ड विकास अधिकारी, सुकेपोखरी थाना अधिकारी तथा खण्ड स्वास्थ्य केन्द्र प्रभारीसित संयुक्त रूपमा भेट गरेर चर्चा परिचर्चा गऱ्यो। यस अवधि सर्व साधरणको सुरक्षाको निम्ति आगामी दिनमा सचेतना लगायत स्वास्थ्य रक्षासँग सम्बन्धित कार्यक्रम गरिनेबारे चर्चा-परिचर्चा गरियो। यसको साथै बीडीओ, थाना प्रभारी साथै बीएमओएचले विभागीय हर सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएको गोजमुमो सुके समष्टि सचिव कमल गुरागाइँले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *