कोरोनाबारे जागरूक गराउँदै सड़कमा ओर्लियो एनजेपी पुलिस

सिलगढी : कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर साधारण मानिसहरूलाई यसबारे जागरूक गराउने उद्देश्य लिएर एनजेपी पुलिस सड़कमा ओर्लिएको छ।  आज पुलिस कर्मीहरू विभिन्न इलाकाहरूमा अभियान चलाएर मास्क नलगाउने मानिसहरूलाई मास्क वितरण गर्दै अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने अपील पनि गरे। स्मरण रहोस्, सिलगढी मेट्रोपोलिटन पुलिस गत केही दिनदेखि लगातार जागरूकता अभियान चलाइरहेको छ भने अभियान अवधि मास्क नलगाई घुमफिर गर्नेहरूलाई हिरासतमा समेत लिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *