कोरोनाबारे मानिसहरूलाई सचेतन गराउँदै खरसाङ व्यवसायी संगठनले निकाल्यो र्‍याली

खरसाङ: सर्वसाधरण जनता लगायत सहरका पसलेहरूलाई कोरोना महामारीबाट बाँच्न अनि बचाउन अनिवार्य रूपमा मास्क लगाउने तथा सेनिटाइजरको प्रयोग गर्ने तथा सामाजिक दूरी बनाइराख्ने आग्रह गर्दै आज यहाँ खरसाङ व्यवसायी संगठनद्वारा एउटा र्‍याली निकालियो। यसको साथै संगठनद्वारा मानिसहरूलाई मास्क तथा सेनिटाइजर पनि वितरण गरियो। कोरोना सङ्क्रमको बढ्दो संख्यालाई ध्यानमा राखेर हाल मानिसहरू पुन: सचेत हुन थालेका छन्। यद्यपि जनसाधरणलाई अझ यसबारे सचेत गराउन संगठनले यस प्रकारको कार्यक्रम गरेको संगठनका कार्यकर्ताहरूले बताए। पसलहरूमा मास्क नलगाई आएका मानिसहरूलाई समान नदिने तथा पसलमा सामाजिक दूरीको नियमलाई विशेष पालन गरिदिने तिनीहरूले दोकानेहरूसित अपील गरे। यसको साथै मानिसहरूलाई कुनै काम बिना सहरमा आएर भीड़ नगरीदिने तथा सबैलाई यो कोरोनाबाट बाँच्न सचेत र सजग भइदिने संगठनका सदस्यहरूले अनुरोध पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *