कोरोनाबारे मानिसहरूलाई जागरूक गराउँदै मास्क तथा सेनिटाइजर वितरण

सिलगढी : कोरोनाबारे मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर सिलगढीको प्रियजन सोशियल वेलफेयर स्वयम्‌सेवी संगठन सडकमा ओर्लिएको छ। न्यु जलपाईगढी थाना र स्वयम्‌सेवी संगठनको संयुक्त पहलमा आज सडकमा आवत-जावत गर्ने मानिसहरूलाई कोरोनाबारे जागरूक गराउँदै मास्क र सेनिटाइज वितरण गर्यो। यसको साथै गेटबजार, लेकटाउन लगायत विभिन्न ठाउँका व्यवसायीहरूलाई कोरोनाबारे जागरूक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *