कोरोनाबारे मिरिकमा पुलिसको जागरूकता अभियान

मिरिक : मिरिक पुलिसले कोरोनाबारे लगातार जागरूकता अभियान चलाइरहेको छ। यस अवधि पुलिसले मास्क नलगाएर सडकमा घुमिहिँड्ने, सामाजिक दूरीको पालन नगर्नेहरू विरुद्ध कठोर कार्वाही गरिरहेको छ। यसै क्रममा आज मिरिक पुलिसले कोभिडको नियमलाई उल्लङ्घन गर्ने तीनजना व्यक्तिलाई पक्राउ गरेको छ।


यसको साथै मिरिक पुलिसले यहाँको विभिन्न होटलहरूमा गएर बाहिरबाट पर्यटकहरू यहाँ घुम्न आउँदा तिनीहरूको 72 घण्टा अघिको आरटीपीसीआर टेस्टको नेगेटिभ रिपोर्ट र भ्याक्सिनेसनको सर्टिफिकेट जाँच गरेर मात्र राख्ने होटल कर्तृपक्षहरूलाई निर्देश दिएको छ। मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा पुलिसले उक्त अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *