कोरोनाबारे पुलिसद्वारा जागरूकता अभियान

राजगञ्ज : कोरोनाको दोस्रो लहरले हाल धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर प्रशासनले धेरै पहलहरू गरिरहेको छ। अर्कोतिर, साधारण मानिसहरूलाई कोरोना संक्रमणबारे जागरूक गर्ने उद्देश्य लिएर विभिन्न स्वंयसेवी संगठनहरू पनि सडकमा ओर्लिएको छ। आज आमबाड़ी आउटपोस्टका पुलिसले कोरोनाबारे जागरूकता अभियान चलाए। आज पुलिसले राजगञ्ज ब्लकको आमबारी बजारमा माइकिङको माध्यमद्वारा कोरोनाबारे साधारण मानिसहरूलाई जागरूक गर्दै सेनिटाइजर र मास्क पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *