कोरोनाबारे रेड ब्याङ्कमा जागरूक

रेड ब्याङ्क: कोरोना भाइरसले आतङ्कित बनिरहेको समयमा धुपगुडी खण्डको बन्द चियाकमान रेड ब्याङ्कमा जीआर राशन वितरण गरियो। यस अवसरमा राशन लिन आएका मानिसहरुलाई पनि कोरोना भाइरसको झुटो अफवाहमा नलाग्ने अपिल गर्दै यसबारे कसरी बाँच्न सकिन्छ भन्ने बारेमा सचेत गराइयो। आज राशन थाप्न आएका मानिसहरुलाई भीडदेखि टाडामा रहने साथै आफ्नो साफ-सफाई गर्नाले नै कोरोना भाइरसबाट बाँच्न सक्ने जानकारी दिए। यसको साथै तिनीहरू सबैलाई मास्क लगाउने अनि बारम्बार हात धुने सल्लाह दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *