कोरोनाबारे सिलगढीको विधान मार्केटमा स्वयम्‌सेवी संगठनद्वारा जागरूकता

सिलगढी : देशको विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले स्वयम्‌सेवी संगठन आज सहरवासीहरूलाई मास्कको प्रयोग गर्नेबारे सचेतन गराउने उद्देश्य लिएर सडकमा ओर्लिएको छ। स्वयम्‌सेवी संगठन एई प्रजन्म-का सदस्यहरूले आज सिलगढीको विधान मार्केटमा मानिसहरूलाई कोरोनाको बढ्दो परिस्थितिलाई ध्यानमा राखेर अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने अपील गर्दै मास्क नलगाएका मानिसहरू मास्क पनि वितरण गरे। यसको साथै मार्केटका व्यवसायीहरूलाई मास्क नलगाएका मानिसहरूलाई दोकानमा प्रवेश गर्नमा रोक लगाउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *