कोरोनाबाट बाँच्न रोग प्रतिरोधक क्षमता बढ़ाउन जरूरी : डा. शंख सेन

सिलगढी : कोरोना भाइरसबाट बाँच्नको निम्ति एकातिर यसको उपचारको खोजी भइरहेको छ भने अर्कोतिर विशेषज्ञहरूको भनाइअनुसार शरीरको रोग प्रतिरोधक क्षमता बढ़ाएर यसको संक्रमणबाट बाँच्न सकिन्छ। रोग प्रतिरोधक क्षमता बढ़ाउने एकमात्र उपाय सटीक भोजन हो। यस सम्बन्धमा डा. शंख सेनले बताएअनुसार प्रत्येक मानवको शरीरमा आफ्नै रोग प्रतिरोधक क्षमता हुने गर्दछ। सबैले आफ्नो दैनिक भोजनमा हाई प्रोटीन डाइट खानु जरूरी छ। हाई प्रोटीन डाइटमा विशेष गरेर माछा, मासु, अण्डा खानु आवश्यक छ। यसैगरी, शाकाहारीहरूले दाल, सोयाबीन खानु पर्दछ। जसको शरीरमा कुनै प्रकारको रोग छैन तिनीहरूले उक्त डाइट लिनु आवश्यक देखिन्छ। तर किडनी लगायत अन्य शारीरिक समस्या हुनेहरूले डाक्टरको सल्लाह अनुसार भोजनको सूची तयार गर्न जरूरी छ। यसबाहेक मानिसहरू दोकानमा गएर विभिन्न प्रकारको भिटामिनहरू किनेर खाइरहेको देखिन्छ। तर भिटामिन डी लिनुपर्दा डाक्टरको परामर्श लिनु पर्दछ।  भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिङ्क आदि जस्ता दबाईहरू किनेर खान सक्नेछ। रोगी तथा कुनै प्रकारको शारीरिक समस्या भएकाहरूले डाक्टरसँग परामर्श लिएर दबाई सेवन गर्न उचित हुँदछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *