कोरोनाबाट छुटकारा पाउन तीनधारे रामेश्वर शिवालय मन्दिरमा पूजापाठ

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा श्रावणको पूजा सम्पन्न भयो। गत जुलाई महिनाको 16 अगस्तदेखि शुरू भएको श्रावणको पूजा एक महिनाव्यापी रूपमा आगामी 16 अगस्तसम्म हुने भएको छ। उक्त श्रावणको पूजामा यसपाली मुख्य रूपमा वर्तमान समयमा देखा परेको कोरोना भाइरसको खतरालाई केन्द्र गरेर भक्तजनहरूले सामाजिक दूरीको पालन गर्दै पूजा अर्चना गरे। कोरोना भाइरसबाट विश्वलाई छुटकारा होस् भन्ने उद्देश्यले विशेष रूपमा पूजा गरिएको जानकारी प्राप्त भएको छ। आज श्रावणको अन्तिम सोमबार पूजा मन्दिरमा पानी चढ़ाउने भक्तजनहरूको भीड़ लागेको देखियो। यस शिवालय मन्दिरमा गत 2003 देखि नै लगातार रूपमा श्रावणको पूजा गर्दै आइरहेको छ। उक्त मन्दिर तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको रेखदेखमा चल्ने गरेको छ भने श्रावणको पूजा एवम् रुद्री पाठ पण्डित डिल्लीराम शर्मा ( जलपादेवी बाजे)-ले गरेका थिए। उक्त श्रावणको पूजाको पुर्णावती साङ्गे पूजा आगामी 16 अगस्तको दिन गरिने तीनधारेका बिनय छेत्रीले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *