कोरोनाकालीन सेवाको निम्ति डेण्डुप पाख्रीनलाई जनाइयो सम्मान

टिस्टा भेल्ली: टिस्टा भेल्ली चियाबारीको मगर गाउँको ग्राम सहयोगी संस्थाले गोजमुमो (विनय खेमा) समष्टि अध्यक्ष डेण्डुप पाख्रीनलाई तिनले गत वर्ष कोरोनाकालीन समय आफ्नो समष्टिमा जनताको निम्ति आफ्नो ज्यानलाई जोखिममा राखेर मानवसेवा गरेकोमा सही मूल्याङ्कन गर्दै एउटा समारोहबीच तिनलाई सम्मानित गरियो। तिनलाई मगर गाउँ समाजका प्रतिनिधिहरूले खदार्पण गर्दै सम्मान पत्र प्रदान गरे। उक्त कार्यक्रममा समाजका जेष्ठ नागरिकहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो। उल्लेखनीय रहोस, गत वर्ष कोभिड 19 विश्व महामारीको समय गोजमुमो समष्टि अध्यक्ष डेण्डुप पाख्रीनले आफ्नो समष्टिभरि विभिन्न देश-प्रदेशबाट फर्किआएका मानिसरूलाई धेरै सहयोग गरेका थिए। तिनले त्यस समय लगभग 400 भन्दा अधिक होम क्वारेन्टाइन सेन्टरहरूको स्थलगत निरीक्षण गरेर सबैलाई सक्दो सहयोग पुऱ्याएका थिए। त्यसैले तिनको उद्धार हृदय तथा मानवसेवा लाई टिस्टा भेल्ली मंगर गाउँ समाजले सम्मान जनाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *