कोरोनाको आतङ्कले बौद्ध आश्रम बन्द

सिलगढी : देश-विदेशमा झैँ सिलगढीमा पनि कोरोना भाइरसको आतङ्क देखापरेकोले राज्य सरकारद्वारा जारी निर्देशअनुसार यहाँको सम्पूर्ण स्कुल, कलेज तथा विश्वविद्यालयहरू आजदेखि बन्द भएको छ भने उक्त बन्द आगामी 31 मार्चसम्म जारी रहने बताइएको छ। यसबाहेक देशका कतिपय ठाउँहरूमा रहेका विख्यात केही मन्दिर, गिर्जा, मस्जिदहरूमा कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशंकाले मानिसहरू प्रायः जान छोडेको थाहा लागेको छ भने यता सिलगढीका केही मन्दिर, गुरूद्वारा, मस्जिद, गिर्जा घर आदि ठाउँहरूमा पनि मानिसहरूको आगमनमा धेरै कमी आउन थालेको छ। यसै क्रममा सिलगढीस्थित एउटा बौद्ध आश्रममा नोटिस टाँसेर आगामी 1 अप्रेलसम्म बन्द रहने घोषणा समेत गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.