कोरोनाको आतङ्कले माछा बिक्रीमा कमी, व्यवसायीहरू चिन्तित

सिलगढी : माछा खानाले कोरोना भाइरसको सङ्क्रमण नहुने भए तापनि ग्राहकहरूको कमी भइरहेको छ भनी सिलगढीको रेगुलेटेड मार्केटको माछा व्यवसायीहरूले बताए। कोरोना भाइरसले गर्दा मानिसहरूले माछा खान बन्द छोड़ेकोले गर्दा सिलगढीका माछा व्यवसायीहरू चिन्तित भएका छन्। तिनीहरूको भनाई अनुसार गत केही दिनदेखि लगभग 40 प्रतिशत माछाको बिक्रीमा कमी आएको छ। मानिसहरू कोरोनाले आतङ्कीत भएर माछा-मासु पनि खान छोडिसकेको व्यवसायीहरूले बताए। धेरै दिनदेखि माछाको दाम घटे तापनि केही राज्यहरूबाट माछाको आयात बन्द भएको छ। पार्थ ब्यानर्जी नामक एकजना व्यवसायीले गत केही दिन अघिसम्म माछाको व्यवसाय ठीक भए तापनि निर्यात कम भएको बताए। मानिसहरूले निश्चित भएर माछा खान सक्ने साथै डराउने कुनै आवश्यक छैन् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *