कोरोनाको आतङ्क : सिलगढीको सपिङ मलहरूमा मानिसहरूको भीड कम

सिलगढी : देशमा कोरोना भाइरस सङ्क्रमित मानिसहरूको संख्या लगातार बढ़दै गइरहेको छ। कोरोना भाइरसले गर्दा हासलम्म देशमा दुईजना मानिसहरूको मृत्यु भइसकेको छ। यसलाई केन्द्र गरेर पश्चिम बंङ्गालमा राज्य सरकारद्वारा आगामी 16 मार्चदेखि 31 मार्चसम्म विभिन्न शैक्षिक संस्थानहरू बन्द राख्ने निर्देश जारी गरिएको छ। कोरोना भाइरसको आतङ्कको कारण हाल सिलगढीको भीड़भाड़ इलाकाहरूमा पनि 80 प्रतिशत मानिसहरूको यातायात बन्द भइसकेको बताइएको छ। आज छुट्टीको दिन पनि शहरको विभिन्न सपिङ मलहरूमा मानिसहरूको संख्या धेरै कम्ती देखियो। मतिगढास्थित सिटी सेन्टर अनि सालुगढास्थित भेगा सर्कलमा पनि मानिसहरूको भीड एकदमै कम रहेको देखियो भने विधान मार्केटसहित विभिन्न ठाउँहरूमा पनि मानिसहरूको संख्या धेरै कम्ती देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *