कोरोनाको बढ्दो प्रकोपसँगै पहाडको एक प्रमुख पर्यटक स्थल नोकडाँडाको झीलमा घुम्न आजबाट बन्द

कालेबुङ: पश्चिम बङ्गाल सरकारले कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर राखेर आजदेखि राज्यव्यापी कतिपय कुराहरूमा प्रतिबन्ध लगाइने सूचना जारी गरेपछि हाल दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा नयाँ वर्ष मनाउनको साथै घुम्न आउने पर्यटकहरू पुन: लकडाउन हुन सक्ने आशंकाले गर्दा आ-आफ्नो घर फर्किन थालेका छन्। यसैबीच पहाडका अधिकजसो पर्यटक स्थलहरू पनि आजदेखि एकपछि अर्को गर्दै अस्थायी रूपमा बन्द गर्न थालेको देखिन्छ। यसैक्रममा कालेबुङ जिल्लाकै एक प्रमुख पर्यटक केन्द्र मानिने नोकडाँडा झीललाई पनि आजदेखि बन्द गरिएको छ। विशेष गरेर घुम्न आउने पर्यटकहरूलाई नोकडाँडा झील घुम्नको लागि आउन निषेध गरिएको छ।


राज्य सरकारले पर्यटकीय स्थलहरू पनि बन्द गर्न दिशानिर्देश जारी गरेपछि नै आजदेखि आगामी 15 जनवरी सम्मको लागि झील बन्द गरिएको सम्बन्धित सूत्रमार्फत थाहा लागेको छ। स्मरण रहोस्, हिउँद लागेपछि नोकडाँड़ामा पर्यटकीय चहलपहल सुरु हुने गर्दछ। वर्षको अक्टोबरदेखि मई महिनासम्म नोकडाँड़ाको सुन्दरता अलोकन गर्न उपयुक्त मानिन्छ। यहाँको हावापानी अनुकूल र छेउछाउमा रहेको प्राकृतिक दृश्यावलोकन गर्न सजिलो हुने साथै यहाँ पुग्नको लागि पर्यटकहरूलाई सुविधा रहेकोले गर्दा पनि नोकडाँडामा पर्यटकहरू अधिक मात्रामा आउने गरेको स्थानीय मानिसहरूको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *