कोरोनाको दोस्रो लहर, गत 24 घण्टामा दार्जिलिङ जिल्लामा 239 नयाँ मामिला

सिलगढी : देशभरिमै कोरोना भाइरसको दोस्रो लहर बढ्दै गइरहेको छ। गत 24 घण्टामा दार्जिलिङ जिल्लामा कोरोना संक्रमितको संख्या 239 भएको छ। यसमध्ये सिलगढी नगरनिगमको केही वार्डहरूमा 116, दार्जिलिङ नगरपालिकामा 3, सुकनामा 10, खरसाङ नगरपालिकामा 4, मिरिकमा 3, बिजनबारीमा 1, सुकेपोखरीमा 1, खोरीबारीमा 5, मतिगढा 27, नक्सलबारीमा 60 र फाँसीदेवामा 9 जना मानिसहरू कोरोना संक्रमित भएका छन्। दार्जिलिङ र जलपाईगढी जिल्लालाई मिलाएर सिलगढी नगरनिगम इलाकामा 138 जना कोरोना संक्रमित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *