कोरोनाको स्थितिबारे जलपाईगढी नगरपालिका र जिल्ला प्रशासनले गर्‍यो बैठक

जलपाईगढी : कोरोनाको स्थितिबारे जलपाईगढी नगरपालिका र जिल्ला प्रशासनले आज एउटा बैठक गरे। उल्लेखनीय छ, हाल जलपाईगढी शहरमा केही मानिसहरू कोरोना संक्रमित भएका छन्। हाल, प्रशासनको तर्फबाट शहरको रेसकोर्स पाड़ा, न्यु टाउनपाड़ा र कदमताल दुर्गाबाड़ी इलाकालाई कन्टेनमेन्ट जोन घोषित गरेको छ। जलपाईगढी नगरपालिका प्रशासक पापिया पालले बताएअनुसार यी तीनवटा इलाकामा बाँसको ब्यारिकेड लगाएको छ। यसको साथै इलाकामा पुलिस तैनाथ गरिएको छ। बैठकमा सदर महकुमाशासक रञ्जन दास, नगरपालिकाका प्रशासक मण्डलीका सदस्य सैकत च्याटर्जी, सन्दीप महतो लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *