कोरोनाको स्थितिलाई लिएर कोभिड केयर नेटवर्कद्वारा मानिसहरूलाई जागरूकता

सिलगढी: देशमा बढ्दो कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि कोभिड केयर नेटवर्क साथै अन्य केही स्वयंसेवी संगठनहरूको तर्फबाट आज सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर कोरोनाबारे जागरूकता सन्देश दिए। यस अवसरमा डा. सन्दीप सेनगुप्ताले भने, कोरोनाको दोस्रो लहर चल्दैछ अनि तेस्रो लहर पनि चल्न सक्छ। स्वास्थ्य विभागका अधिकारीहरूसित कुराकानी गरेपछि तिनीहरूले अस्पतालमा बेडको संख्या बढ़ाउने निर्णय लिएको छ। यसको साथै निजी अस्पतालहरूमा पनि 25 प्रतिशत बेडको संख्या बढाइने कुरा भएको छ। तिनले सबैलाई मास्क लगाइदिने, साबुनले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने अनि सामाजिक दूरी बनाइ राख्ने अपील गरे। तिनले गुटखा साथै पान मसाला खाएर सड़कहरूमा जतातत्तै नथुकिदिने आह्वान पनि गरे। टेस्टिङ फेसिलिटीको गुणवत्तालाई अझ उन्नत गराउने प्रयास भइरहेको साथा अधिक संख्यामा डाक्टर तथा मेडिकल स्टाफहरू नियुक्ति गरिने प्रक्रिया चलिरहेको तिनले जानकारी दिए। यसवाहेक, अक्सिजनको संकट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्थितिलाई सम्हाल्ने व्यवस्था पनि गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *