कोरोनाको कारण सिलगढीको पर्यटक स्थल बंगाल सफारी पार्कमा पर्यटकहरू न्यून, वित्तीय वर्ष 2020-21 मा पार्कको आय स्रोत कम

सिलगढी : कोरोना महामारीले गर्दा बंगाल सफारी पार्कमा पर्यटकहरूको रौनकतामा कमी आएको छ। हाल पार्कमा घुम्न आउने पर्यटकहरूको संख्या निक्कै कम्ती भएकोले पार्क सुनसान बन्नको साथै रेभेन्यू (कमाई) पनि निक्कै कम्ती भएको छ। प्राप्त जानकारी अनुसार वित्तीय वर्ष 2020-21 -मा बंगाल सफारी पार्कमा पर्यटकहरूबाट हुने कमाईमा कमी आएर एक वर्षमा 1 करोड़ 30 लाख रुपियाँ कमाई भएको बताइएको छ। स्मरण रहोस्, कोरोनाको पहिलो लहरमा संक्रमण रोक्ने उद्देश्य लिएर राज्य वन विभागले बंगाल सफारी पार्क गत 17 मार्चदेखि 1 अक्टोबर 2021 सम्म बन्द गरिदिएको थियो। कोरोनाको बढ्दो संक्रमणले गर्दा बंगाल सफारी पार्क लगभग 13 महीनासम्म बन्द राख्न परेकोले गर्दा पार्कमा निक्कै प्रभाव परेको छ। बंगाल सफारी पार्कको उद्घाटन गरिएको एक वर्षपछि यस पार्कको माध्यमद्वारा पर्यटकहरूबाट आउने रेभेन्यू लगभग साढ़े तीन करोड़ रुपियाँ थियो। यस सम्बन्धमा बंगाल सफारी पार्कका डाइरेक्टर डीएस शेर्पाले बताएअनुसार कोरोना महामारीले गर्दा धेरै लामो समयसम्म बंगाल सफारी पार्क बन्द राखिएको थियो। यसले गर्दा पार्क घुम्न आउने पर्यटकहरूको संख्या निक्कै कम्ती भएकोले वित्तीय वर्ष 2021-मा उक्त पार्कबाट केवल 1 करोड़ 30 लाख रुपियाँ कमाई भएको छ। आगामी दिनमा स्थिति सामान्य बनेपछि पार्क घुम्न आउने पर्यटकहरूको संख्या बढेपछि रेभेन्यू पनि बढ्ने डाइरेक्टर शेर्पाले आशा व्यक्त गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *