कोरोनाको महामारीले वर्ल्ड नर्स डे-मा पनि नर्सहरू रोगीहरूको सेवामा व्यस्त

सिलगढी : आज वर्ल्ड नर्स डे। प्रत्येक वर्ष यस अवसरमा नर्सहरूलाई सम्मान जनाउनको लागि कार्यक्रमको आयोजना गर्ने गरे तापनि गत वर्षदेखि कोरोना महामारीले गर्दा नर्सहरूले आफ्नो ज्यानको पर्वाह नगरेर दिन रात एक गरेर कुनै विदा नलिई निरन्तर रोगीहरूको सेवा गरिरहेका छन्। आज नर्स डे-को अवसरमा कुनै कार्यक्रममा नभएर नर्सहरू अस्पतालमा रोगीहरूको सेवा गर्नमा व्यस्त छिन्। यस अवसरमा जिल्ला अस्पतालका नर्सहरूले भनिन्, वर्ल्ड नर्स डे प्रत्येक वर्ष आफूहरूलाई सम्मान जनाउँदै पालन गर्ने गरे तापनि हाल कोरोना महामारीको समयमा रोगीहरूको सेवा गर्नु नै आफूहरूको परम कर्तव्य हो। जब रोगीहरू अस्पतालबाट स्वस्थ भएर खुसीको साथमा आ-आफ्नो घर फर्किन्छन् तब आफूहरूलाई खुसी हुने गर्दछ भनी तिनीहरूले बताइन्। साधारण मानिसहरूले नर्सहरूको सम्मान गरोस् यहीँ नै हाम्रो लागि वर्ल्ड नर्स डे-को उपहार हो भन्दै हाल कोरोना महामारीको समयमा यसको रोकथाम गर्नको लागि सबैले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरीको पालन गर्ने साथै आवश्यक परेको खण्डमा मात्र घरबाट बाहिर निस्कने तिनीहरूले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *