कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनलाई ध्यानमा राखेर मिरिक पुलिसद्वारा विभिन्न ठाउँमा माइकिङ

मिरिक: कोरोनाको नयाँ भेरियन्ट ओमिक्रन-को बढ्दो प्रकोपलाई ध्यानमा राखेर मिरिक पुलिसले मिरिक बजार, सौरेनी बजार, मिरिकको पर्यटन केन्द्र तथा सार्वजनिक स्थलहरूमा माइकिङ गरेर जनसाधारणलाई यसबारे सचेत गराउने कार्य गऱ्यो। मिरिक थानाका एसआई सुरज कुमार लोहारको नेतृत्वमा पुलिस कर्मीहरूले मानिसहरूलाई अनिवार्य रूपमा माक्स लगाइदिने अनुरोध गर्दै कसैले पनि अट्टेरी गरेको खण्डमा कानुनी कार्वाही गरिने चेतावनी दिएका छन्। यस अवसरमा मिरिक पुलिसले जनतालाई कोरोना संक्रमणसित सुरक्षित बस्न सबै प्रकारको उपायहरू अप्नाउने अनुरोध गर्दै नियमित साबुनले हात धुने, सार्वजनिक स्थलहरूमा भीड नगर्ने, सेनीटाइजरको प्रयोग गर्ने अनुरोध पनि गरेको छ। मिरिक थानाका एसआई सुरज कुमार लोहारले कोरोनाको नयाँ भेरियन्ट ओमीक्रनबाट मानिसहरूलाई सुरक्षित राख्ने उद्देश्यले प्रशासनको पक्षबाट आज माइकिङ गरिएको बताए। तिनले दोकानदारहरूलाई पनि किन-बेच गर्दा अनिवार्य रूपमा माक्सको प्रयोग गरिदिने अनुरोध गर्दै आफु सुरक्षित रहेर अरूलाई पनि सुरक्षित राख्ने सबैलाई अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *