कोरोनाको नियम पालन गर्दै खरसाङ क्षेत्रका स्कुलहरू पनि खोलियो आजदेखि

खरसाङ: पश्चिम बंगाल सरकारले पहिलेबाटै आज 16 नोभेम्बरदेखि स्कूलहरू खोल्ने घोषणा गरे अनुसार खरसाङका सबै स्कूलहरू पनि आजदेखि खोलियो। खरसाङ लगायत वरिपरि क्षेत्रका सबै स्कूलहरूमा कोरोनाको सबै नियमहरूलाई पालन गर्दै खोलिएको बताइएको छ। कोरोना महामारीले गर्दा लगभग 20 महिनापछि आजदेखि नवौं श्रेणीदेखि माथिका विद्यार्थीहरूलाई लिएर स्कूलहरू खोलिएको छ। स्कूलको श्रेणी कक्षमा पस्न अघि सबै विद्यार्थीहरुलाई कोरोनाको नियमहरू पालन गर्नको साथै श्रेणीमा पस्न अघि विद्यार्थीहरूको शारीरिक तापमान मशीनद्वारा नापेर मात्रै श्रेणीमा प्रवेश गर्ने अनुमति दिएको जानकारी गराइएको छ।

विद्यार्थीहरूलाई कक्षामा पनि सामाजिक दुरीको नियम पालन गर्दै राखिएको छ भने कोरोनाको कारण सबैलाई सर-सफाईमा विशेष रुपमा ध्यान दिने निर्देशन जारी गरिएको छ। कोरोना महामारीले गर्दा लगभग 20 महिनापछि स्कूलहरू खोलिएकोमा विद्यार्थीहरूमा पनि खुशी देखिएको छ भने शिक्षकहरू र अभिभावकहरूले पनि एक प्रकारले खुशी व्यक्त गरेका छन्। लामो समयसम्म अनलाइन क्लास गरिरहेका विद्यार्थीहरूले आजदेखि अफ् लाइन क्लास गर्न पाउँदा खुशी व्यक्त गरेका छन्। बंगालमा अब शैक्षिक संस्थानहरू विस्तारै चरणबद्ध ढंगमा कोरोनाको स्थितिलाई हेरेर खोलिने भएको छ। यसको जानकारी बंगालका शिक्षा मन्त्री ब्रात्य बसुले अगावै घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes