कोरोनाको संक्रमणबीच भोटाङमा अफ्रिकन स्वाइन फिभर, अलिपुरद्वार जिल्ला प्रशासनले गरायो सतर्क

अलिपुरद्वार: कोरोना महामारी बीच अफ्रिकन स्वाइन फिभरले भोटाङलाई आफ्नो चपेटमा पारेको छ। अलिपुरद्वार जिल्ला प्रशासनद्वारा भोटाङको सीमावर्ती शहर जयगाँउ अनि त्यसको छेउ-छाउका मानिसहरूलाई सतर्क गराइएको छ। आज अलिपुरद्वारको प्रशासनिक भवन डुवर्स कन्यामा अलिपुरद्वार जिल्लाशासकले जिल्लाका सबै अधिकारीहरूसित एउटा बैठक गरे। जयगाँउ विकास प्राधिकरणका कार्यकारी अधिकारी भूषण शेर्पाले भने, गत 25 मईको दिन भोटाङ सरकारले अलिपुरद्वार जिल्ला शासकलाई अफ्रिकन स्वाइन फिभरबारे जानकारी गराएको थियो। यसैले गर्दा जिल्लाशासकले जयगाँउ विकास प्राधिकरणलाई सतर्क गराएको छ। यसको साथै जयगाँउ र छेउछाउका क्षेत्रहरूमा सुँगुरको मासु बिक्री गर्नमा प्रतिबन्ध लगाइदिएको छ भने यदि सुँगुरको मासु बिक्री गरेको भेट्टाइए कठोर कानुनी कार्वाही गरिने चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *