कोरोनाको सङ्क्रमणलाई रोक्न एनबीएसटीसी-का बसहरूमा कीटनाशक स्प्रे

रायगञ्ज : कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर एनबीएसटीसी प्रबन्धनले एउटा विशेष पहल शुरू गरेको छ। उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज एनबीएसटीसी डीपोका कार्यकर्ताहरूले डीपो परिसरमा राखिएका बसहरूको बाहिर-भित्र डिटोल, फिनाइल, ब्लिचिङ पाउडरले बनिएको कीटनाशक स्प्रे गरियो। संस्थाका अधिकारी सुमित भौमिकले राज्य सरकारका निर्देशअनुसार उक्त कदम उठाएको बताए। यात्रीहरूलगायत कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखेर कीटनाशक स्प्रेश गर्न शुरू गरेको साथै बस कर्मीहरूको लागि मास्क र अन्य जरूरी व्यवस्था पनि गरिने बताइएको छ। प्रबन्धनको यस पहललाई संस्थाका कर्मचारीहरूदेखि लिएर यात्रीहरूले समेत सरहाना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *