कोरोनोको उपचार सम्बन्धि अभियोग दर्ता गर्नको लागि भाजपा-द्वारा कम्प्लेन सब-मिसन डेस्क शुरू गरिने

सिलगढी : नर्सिङ होमहरूमा कोरोना संक्रमितहरूको उपचारको लागि लिइएको अधिक बील, स्वास्थ्य साथी कार्डको माध्यमद्वारा उपचार लगायत विविध समस्याहरूबारे अभियोग दर्ता गर्नको लागि भाजपाले कम्प्लेन सब-मिसन डेस्क शुरू गर्ने भएको छ। सिलगढी नगरनिगमको 24 नम्बर वार्डस्थित तरूण तीर्थ क्लब अघि भाजपाको पार्टी कार्यालमा भोलि शनिबारदेखि उक्त परिसेवा शुरू गर्ने भएको छ। बिहान 8 बजीदेखि 10 बजीसम्म मानिसहरूले अभियोग जम्मा गर्न सक्नेछन्। भाजपा लिगल सेलले सम्बन्धित विभागमा आरोप पत्र जमा गरेर उचित कार्वाही गरिनुपर्ने माग गर्ने बताइएको छ। मानिसहरूले 98834-57642 –मा सम्पर्क गरेर अथवा [email protected], [email protected] –मा इमेलको माध्यमद्वारा अभियोग दर्ता गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *