कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि मानिसहरू घर फर्किन बाध्य

बिजनबारी: बढ्दो कोरोनाको संक्रमणले हाल पहाडका  मानिसहरू यसबाट निजात पाउन चिन्तित देखिन्छन् भने सरकारद्वारा निर्देशन गरिएको भ्याक्सिनहरु ठाउँ-ठाउँमा अझसम्म पनि प्राप्त नभएको आरोप बिजनबारीका माकपा नेता गौतमराज राईले लगाएका छन्। यसै क्रममा आज बिजनबारीको झेपी ग्राम अधिनस्थ सुम्बुकमा 45 बर्षभन्दा अधिक उमेर पुगेकाहरूको लागि दोस्रो डोजको भ्याक्सिन लगाइने शिविरको आयोजना गरिए तापनि धेरैजसो मानिसहरू भ्याक्सिन लगाउय नपाएर घर फर्किए। स्वास्थ्य विभागले गरेको यस प्रकारको लापर्वाही प्रति स्थानीय मानिसहरूले दुखेसो पोख्नको साथै चाँडै आफुहरूलाई भ्याक्सिन उपलब्ध गराइनु पर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *