कोरोनाको भ्याक्सिन नपाएपछि महिलाहरूद्वारा अलिपुरद्वारमा विक्षोभ

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको यशोडाङ्गा ग्रामीण अस्पतालमा रातिदेखि लाइनमा उभिए तापनि कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि धेरैजना महिलाहरूले विरोध प्रदर्शन गरिन्। प्राप्त जानकारीअनुसार यशोडाङ्गा ग्रामीण अस्पतालमा हिजो रातिदेखि भ्याक्सिन लगाउनको लागि धेरै संख्यामा महिलाहरू लाइनमा उभिएकी थिइन्। यसपछि आज बिहान 10 बजी अस्पतालको स्वास्थ्यकर्मीहरू आएर केवल पञ्जीकृत गरेको मानिसहरूलाई मात्र भ्याक्सिन लगाइनेछ भन्ने जानकारी गराएपछि महिलाहरूद्वारा क्षोभ प्रकट गर्दै भ्याक्सिनको मागमा विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर शामुकतला थानाको पुलिस तथा स्थानीय प्रधान घटनास्थलमा पुगेर बुधबार भ्याक्सिन दिने आश्वासन दिएपछि परिस्थिति नियन्त्रण ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *