कोरोनाको भ्याक्सिन भोलि लन्च गरिने

विश्वमा महामारीको रूप लिएर धेरै मानिसहरूको ज्यान गएपछि हाल संसारभरिकै देशहरू माझ कोरोनाको भ्याक्सिन तयार गर्ने होडमा सबैभन्दा पहिला रूसले भ्याक्सिन बनाएको दावी गरेको छ। उक्त भ्याक्सिनको विभिन्न क्रममा ट्रायल गरेपछि अन्तमा भोलि 12 अगस्तको दिन यसको लन्च गरिने भएको छ। प्राप्त जानकारीअनुसार आउँदो सेप्टेम्बर महिनादेखि धेरै मात्रामा उक्त भ्याक्सिनको उत्पादन शुरू गरेपछि यसको एक महिनाबाद अक्टोबरदेखि देशभरिमै भ्याक्सिनको खोप लगाइने कार्य शुरू हुने भएको छ। उक्त भ्याक्सिन मास्कोस्थित गमलेया इन्स्टिट्युट र रूसी रक्षा मन्त्रालयले मिलेर तयार गरेको दावी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *