कोरोनालाई लिएर उत्पन्न समस्याहरूबारे खरसाङ महकुमा कार्यालयमा संयुक्त बैठक

खरसाङ : हाल कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर खरसाङ महकुमा कार्यालयमा आज महकुमा अधिकारीसँग एउटा संयुक्त बैठक सम्पन्न भयो। उक्त बैठकमा खरसाङ महकुमा शासक आईएएस अभिषेक चौरासिया, खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको हेल्थ इन्स्पेक्टर रमेश सुब्बा, डा. दीक्षा क्षेत्री, विशाल सुनुवारखरसाङ बजार आउट पोस्टका ओसी अनि अस्पतालका अधिकारीहरू, ग्राम पञ्चायत क्षेत्रका अधिकारीहरू उपस्थित थिए। बैठकपछि नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानले बैठक विषय जानकारी गराउँदै आजको संयुक्त बैठकमा विशेष गरेर वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर विभिन्न महत्वपूर्ण विषयहरूमा विमर्श गरिएको बताए। बैठकमा कोभिड संक्रमित भएर देहान्त हुनेको अंतिम संस्कार ससम्मान हुनुपर्छ, परिवार पक्षले कुनै दुःख पाउनु हुँदैन, नगरपालिका जनताको लागि सेवाको कार्यमा कटिवद्ध छ, ब्लक र पञ्चायत क्षेत्रमा कोरोनाको कारण देहान्त भएकाहरूको पनि ससम्मान अन्तिम संस्कार हुनुपर्छ, आजसम्म यस्ता मृतकको अन्तिम संस्कार नगरपालिकाले नै गर्दै आएको छ भनी प्रधानले बताए। तिनले बैठकमा कोभिड संक्रमण भएका कुनै पनि व्यक्तिको सोध खोज भएको हुनुपर्ने, संक्रमित व्यक्तिको मनोबल बढाउनु अति नै जरुरी रहेको र कोभिडको कारण बजारमा खाद्यान्नको दाम बढेर गएकोले नगरपालिका एउटा मिनी सरकार भएको कारण जनताको हितको पक्षमा बजार घुमेर सौदा पात, साग सब्जी, मासुको दामलाई नियन्त्रणमा राख्न कार्य गर्नेछ अनि हामीले यस विषयमा एसडीओ अनि पुलिस प्रशासनलाई पनि जनाइसकेका छौं र कोभिड महामारीको पीड़ा हुँदाहुँदै पनि जनतालाई आर्थिक मर्का थप्नु हुँदैन भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *