कोरोनाले बुझायो मानिहरूलाई रुखपातको महत्व, अब सिलगढी सहरमा पनि ‘ट्री एम्बुलेन्स’

सिलगढी : कोरोनाको दोस्रो लहरमा अक्सिजनको कमीले गर्दा मानिसहरूलाई श्वास लिनमा असुविधा भइरहेको थियो भने समयमा अक्सिजन नपाएपछि धेरैजना मानिसहरूले प्राण समेत गुमाएका थिए। यसैले मानिसहरूले कोरोनाको दोस्रो लहरमा अक्सिजनको कमी हुँदा हरियो रुख-पातको महत्व बुझे। यसपछि मानिसहरूमा रुखको विरुवा रोपणबारे जागरूकता फैलिएपछि वन विभागले यसलाई लिएर पहल शुरू गर्यो। वन विभागको तर्फबाट सिलगढीमा ट्री एन्बुलेन्सशुरू गरियो। ट्री एम्बुलेन्सको माध्यमद्वारा वन महोत्सवको उपलक्ष्यमा वनकर्मीहरूले मानिसहरूको घर-घरमा पुगेर रुखका विरुवाहरू वितरण गरिरहेको छ। वन विभागको तर्फबाट आज सिलगढीका महिला महाविद्यालयमा एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा बैकुण्ठपुर डिभीजनका वन अधिकारी तथा वनकर्मीहरू उपस्थित थिए। आज महाविद्यालयमा रुखको विरुवा रोपेपछि कलेजको गेटबाट एउटा ट्याब्लो वाहनमा विभिन्न प्रकारको रुखका विरुवाहरू सजाएर ट्री एम्बुलेन्सनिकालिइयो। आज धेरैजना मानिसहरूले कलेज अघिबाट घरमा लगाउने विभिन्न प्रकारका रुखका विरुवाहरू लगे। वन महोत्सव अवधि सहरका विभिन्न ठाउँहरूमा ट्री एम्बुलेन्सपुग्नेछ भने हरियो रुखपातका प्रेमीहरूले ट्री एम्बुलेन्स बाट निःशुक्ल रुखका विरुवाहरू लिन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *