कोरोनाले गर्दा कारखानामा अबीर नबनाउने, श्रमिकहरू समस्यामा

राजगञ्ज : होली आउन अब केही दिन मात्र बाँकी रहेको छ। तर कोरोना परिस्थितिले गर्दा प्रशासनले यस वर्ष होली खेल्न दिन्छ अथवा दिँदैन भन्ने प्रश्न हाल सबैको मनमा उठिरहेको छ। फुलबारीको एउटा अबीर कारखानामा कोरोना भाइरसको संक्रमणको डरले यस वर्ष अबीर नबाउने भएकोले त्यहाँ राखिएको अबीर बनाउने सामग्रीहरू नष्ट भइरहेको बताइएको छ। यसको साथै अबीर कारखानामा काम गर्ने श्रमिकहरू समेत आफ्नो कामबाट वञ्चित भएकाले गर्दा तिनीहरूलाई आफ्नो परिवार धान्न निक्कै असुविधा भइरहेको छ। फुलबारी सीमा संलग्न चम्पदगछ इलाकास्थित एउटा अबीर कारखानाका इन्चार्ज जीवन मण्डलले बताएअनुसार प्रत्येक वर्ष होली आउन दुई महिना अघिदेखि नै अबीर बनाउने गर्दथ्यो। गत वर्ष पनि होलीको लागि अबीर बनाए तापनि कोरोना महामारीले गर्दा यसको बिक्री नभएकोले गर्दा मालिकलाई धेरै नोक्सान भएको थियो। यसैले गर्दा मालिकले यस वर्ष कारखानामा अबीर नबनाउने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *