कोरोनाले गर्दा मूर्तिको अर्डर नपाएपछि मूर्तिकारहरू चिन्तित

जलपाईगढी :  कोरोना महामारीले गर्दा यस वर्ष दुर्गा पुजा ठुलो बजटमा नगरिने साथै केही पुजा कमिटीहरूले यस वर्ष दुर्गा पुजाको आयोजना नगर्ने निर्णय लिएको छ। यसैले जलपाईगढीका मूर्तिकारहरूले यस वर्ष केही दुर्गाका प्रतिमाहरू मात्र बनाएका छन्। मूर्तिकारहरूले वर्षभरिको राम्रो आम्दानीको आशामा दुर्गा पुजाको अपेक्षा गर्ने गर्दछन्। प्रत्येक वर्ष तिनीहरूले 1 लाख रुपियाँसम्मको दुर्गा माताको प्रतिमा बनाउने अर्डर पाउने गरे तापनि यस वर्ष कोरोना महामारीले गर्दा 18 देखि 25 हजार रुपियाँको मात्र अर्डर पाएकोले मूर्तिकारहरू चिन्तित छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्गा पुजाको आयोजना गर्ने क्लबरूलाई 50 हजार रुपियाँ दिइने घोषणा गरेपछि केही क्लबहरूले दुर्गा पुजा गर्ने निर्णय लिएपछि मूर्तिको माग केही बढेको छ। तर अघिबाटै मूर्तिको निर्माण शुरू नगरिएकोले गर्दा मूर्तिकारहरू दुर्गा माताको प्रतिमाको माग पुरा गर्न असमर्थ रहेको बताइएको छ। मूर्तिकार सत्यलाल सरकारले  आफूहरूलाई केही मूर्तिहरूको अर्डरले कुनै लाभ नहुने बताउँदै वर्षभरि नै आफूहरू दुर्गा पुजामा मूर्तिको राम्रो अर्डर पाउने आशामा रहे तापनि यस वर्ष कोरोनाको कारण आफूहरूले मूर्ति बनाउने निक्कै कम्ती अडर पाएकोले धेरै असुविधा भइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *