कोरोनाले मरेका परिवारका सदस्यलाई तृणमूलद्वारा खाद्य सामग्री प्रदान

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्डमा कोरोना संक्रमणको कारण मृत्यु भएको एकजना व्यक्तिका परिवारका सदस्यलाई तृणमूल कांग्रेसको तर्फबाट खाद्य सामग्रीहरू प्रदान गरियो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार आज समरनगरस्थित पीड़ितको घरमा गएर खाद्य सामग्रीहरू दिए। यस अवसरमा रञ्जन सरकारलगायत तृणमूल कांग्रेसका नेता सन्तोष साहा, मोहम्मद जुहूर एवम् अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *