कोरोनाले सिलगढीको आनन्दमयी कालीबाड़ीको दुर्गा पुजा कार्यक्रममा केही फेरबदल

सिलगढी : कोरोना महामारीले गर्दा यस वर्ष सिलगढीको आनन्दमयी कालीबाड़ीमा भिन्नै प्रकारले दुर्गा पुजा गर्ने निर्णय लिएको छ। उक्त कमिटीले यस वर्ष दुर्गा पुजाको प्रसाद लगायत आवश्यकमन्दहरूलाई लुगाफाटा वितरण नगर्ने बताइएको छ। यस वर्ष आनन्दमयी कालीबाड़ीको 89औँ दुर्गा पुजा रहेको महासचिव भास्कर विश्वासले बताए। आनन्दमयी कालीबाड़ीले प्रत्येक वर्ष दुर्गा पुजा भव्य रूपमा मनाउँदै आइरहे तापनि यस वर्ष कोरोनाले गर्दा भिन्नै प्रकारले मनाउने निर्णय लिएको तिनले बताए। अष्ठमीको दिन केवल 20-25 मानिसहरूलाई मात्र अञ्जलिको लागि मन्दिरमा प्रवेश गर्ने अनुमति दिइने भएकोले यसपल्ट लगभग 25 भन्दा अधिकपल्ट अञ्जलि गरिने तिनले बताए। दुर्गा पुजाको केही दिन ट्राफिक जामको समस्या नहोस् भनेर यसपल्ट पुलिस प्रशासनको सहयोगमा कालीबाड़ी रोडमा निगरानी राखिने भएको छ। मन्दिरको प्रवेश द्वारमा थर्मल चेकिङ र सेनिटाइजको व्यवस्था गरिनको साथै दिनहुँ मन्दिरलाई दुईपल्ट सेनिटाइज गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *