कोरोना महामारीबीच आज नेट परीक्षा, परीक्षा केन्द्रहरूमा कठोर सुरक्षा व्यवस्था

सिलगढी : कोरोना महामारीबीच आज मेडिकल प्रवेश परीक्षा नेट केही समयमा शुरू हुने भएको छ। देशभरि झैँ यता सिलगढीको विभिन्न परीक्षा केन्द्रहरूमा उक्त परीक्षाको आयोजना गरिएको छ। सिलगढीमा आज 9 हजार 276 जना परीक्षार्थीहरूले नेट परीक्षा दिनेछन्। उक्त परीक्षा अपरान्ह 2 बजीदेखि साँझ 5 बजीसम्म चल्नेछ। बिहान 11 बजीदेखि डेढ़ बजीसम्म परीक्षार्थीहरूलाई परीक्षा केन्द्रमा प्रवेश गर्ने निर्देश दिइएको छ। तथापि, कोरोना परिस्थितिलाई ध्यानमा राखेर सामाजिक दूरी पालन गर्दै परीक्षार्थीहरूलाई कठोर सुरक्षाबीच परीक्षा केन्द्रमा प्रवेश गर्न दिइरहेको छ। यसबाहेक परीक्षा केन्द्रमा प्रवेश गर्नअघि परीक्षार्थीहरूको विभिन्न दस्तावेजहरूको जाँच गरिरहेको छ। थर्मल स्क्रीनिङ, मेटल डिटेक्टर चेकिङ लगायत विभिन्न सरकारी नियमहरूको पालन गर्दै परीक्षार्थीहरूलाई परीक्षा केन्द्रमा प्रवेश गर्ने अनुमति दिइरहेको छ। यसको साथै परीक्षा केन्द्रहरूको मुख्य द्वारमार कठोर सुरक्षा अप्नाइएको छ। सहरका विभिन्न ठाउँहरूबाट आज उक्त परीक्षाको लागि परीक्षार्थीहरूको भीड़ जमेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *