कोरोना महामारीबीच कलेजहरूमा अनलाइन भर्ना शुरू

सिलगढी : उत्तरबंग विश्वविद्यालय अन्तर्गत सबै कलेजहरूमा आजदेखि अनलाइन एडमिशन शुरू भएको छ। उच्च माध्यमिक परीक्षाको परिणाम निस्केपछि हाल कलेजहरूमा भर्नालाई लिएर विद्यार्थीहरूमा तनाउको माहौल देखा परिरहेको छ। आज बिहानैदेखि विभिन्न इन्टरनेट क्याफे अघि विद्यार्थीहरूको लामो लाइन देखियो। विद्यार्थीहरूले आगामी 25 अगस्तसम्म अनलाइन फर्म फिलअप गर्न सक्नेछन्। कोरोना महामारीको समयमा फर्म फिलअप गर्नको लागि विद्यार्थीहरूबाट कम्ती रुपियाँ लियोस् भन्ने विषयमा कलेजको विभिन्न संगठनका सदस्यहरूले विशेष ध्यान दिइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *