कोरोना महामारीबीच डुवर्समा बाङ्ग्ला फिल्मको सुटिङ शुरू

डुवर्स : कोरोना महामारीले गर्दा देशभरि लकडाउन जारी रहेकोले फिल्मको सुटिङ बन्द रहेको थियो। तर अनलक 1-मा फिल्मको सुटिङ गर्ने अनुमति पाएकोले डुवर्समा बङ्ग्ला फिल्मको सुटिङ शुरू भएको छ। बाबलु ब्यानर्जीको पहलमा राजश्री दे-को परिचालनमा आजदेखि सामसिङमा आबार कञ्चनजङ्घा फिल्मको सुटिङ शुरू भएको छ। उक्त फिल्ममा अर्पिता च्याटर्जी, कौशिक सेन, ब्रात्य बसु, तनुश्री चक्रवर्ती, शाश्वत च्याटर्जी लगायत अन्यले अभिनय गरेका छन्। उक्त फिल्मको सुटिङको लागि लगभग 80 मानिसको एउटा युनिट सामसिङ आएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *