कोरोना महामारीको खतरालाई ध्यानमा राखेर डाक्टरद्वारा बुस्टर डोज लगाउने अपील

सिलगढी : कोरोना भाइरसले अहिले पनि देशको विभिन्न ठाउँहरूमा मानिसहरू संक्रमित भइरहेका छन्। यसैले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्तले मानिसहरूलाई यसको संक्रमणबाट बाँच्नको लागि विशेष रूपमा बुस्टर डोज र मास्कको प्रयोग गर्ने सुझाउ दिएका छन्। डा. सन्दीप सेनगुप्तले बताएअनुसार देशको विभिन्न ठाउँहरूमा अहिले पनि मानिसहरूले कोभिड-19 ले संक्रमित भइरहेका छन्। भीड़-भाड़ भएको ठाउँमा नजाने तिनले मानिसहरूलाई सल्लाह दिएका छन्। मानिसहरू बुस्टर डोज लगाउन डराइरहेकोले गर्दा तिनले सबैलाई अनिवार्य रूपमा समयमै बुस्टर डोज लगाउने अपील पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *