कोरोना महामारीले अनलाइन शपिङप्रति गाउँ-बस्तीका मानिसहरूको बढ्दो रूचि

सिलगढी: कोरोनाको महामारीको कारण यसपाली दशैँको लुगा किन्न विशेष गरेर गाउँ बस्ती अनि चियाबारी क्षेत्रका मानिसहरु सहरका दोकानहरूमा नगएर अनलाइन शापिङप्रति आकर्षित भएको देखिन्छ । दशैँ जति नजिक आउँदैछ, त्यति नै अनलाइन कम्पनीका मान्छेहरु गाउँ घरतिर दौडिरहेको देखिँदैछ। कोरोना महामारीभन्दा अघि विशेष गरेर शिक्षित मानिसहरूले मात्र अनलाइनप्रति धेर झुकाउ तथा विश्वास राखेर समानको अर्डर गर्ने गर्दथे। यसपाली कोरोना संक्रमण हुने डरले धेरजसो मानिसहरू शहर बजारका दोकानहरूमा नगएर आफु लगायत नानीहरुलाई चाहिने सबै सर-समाना तथा लुगाफाटा अनलाइन मार्फत शपिङ गरिरहेका छन्।


शहरमा भन्दा अधिक ग्रामीण क्षेत्रमा यसपाली अनलाइन कम्पनीको माग अधिक रहेको अनलाइन कम्पनीका प्रतिनिधिहरूको भनाई रहेको छ । तिनीहरुको भनाई अनुसार शहर बजारतिर गए भीड़को कारण कोरोना सङक्रमित हुने डरले मानिसहरु शहर बजारतिर धेरै कम गइरहेकोले गर्दा पनि तिनीहरूले घरमै बसेर आफुहरूलाई मन पर्ने सर-सामान तथा लुगाफाटा अनलाइन मार्फत मगाइरहेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *