कोरोनाको टीकाकरणलाई लिएर राजनीति गरिरहेको विधायक शंकर घोषको आरोप

सिलगढी: कोरोनाको टीकाकरणलाई लिएर राजनीति गरिरहेको आरोप लगाउँदै सिलगढीका विधायक शंकर घोष आज भाजपाका केही नेताहरूसित सिलगढीमा महात्मा गाँधीको प्रतिमाको मुनि धरनामा बसेका छन्। स्मरण रहोस, हिज 24 नम्बर वार्डस्थित जगदीश चन्द्र विद्यापीठमा टीकाकरणलाई लिएर झमेला भएको थियो। स्थानीय मानिसहरूले केही व्याक्तिहरूलाई शिविरमा मात्र खोप लगाइएको आरोप लगाएका थिए। यसैबीच आज तरूण तीर्थ क्लबमा पनि टीकाकरण शिविरको आयोजना गरिएको थियो। विधायकले टीकाकरणको नाममा यहाँ पनि राजनीति भइरहेको आरोप लगाए। यसैबीच, विधायकलाई त्यहाँ जाँदा धक्का दिएको समेत तिनले आरोप लगाएका छन्। यसैले गर्दा नै विधायक गाँधीजीको प्रतिमाको मुनि गएर धरनामा बसे। यस अवसरमा विधायक शंकर घोषले भने, वार्ड नम्बर 24-मा तृणमूल कङ्ग्रेसका नेताहरूको निर्देशमा टीकाकरण गरिँदैछ। तिनी त्यहाँ जाँदा तृणमूल कङ्ग्रेसका एकजना नेताको ईशारामा धक्का मुक्की गर्नको साथै तिनको स्कुटीलाई समेत लातले हिर्काएको तिनले बताए।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *