कोरोना पछि राज्यमा एडिनो भाइरसको खतरा,विधायकद्वारा सिलगढी जिल्ला अस्पतालको निरीक्षण  

सिलगढी (निसं): विशेष गरेर नानीहरूमा एडेनो भाइरसको मामिला तीव्र रूपमा देखा परिरहेको छ। मौसम परिवर्तनको कारणले गर्दा राज्यमा नानीहरूलाई एडेनो भाइरसको खतरा बढ्दै गइरहेको बताइएको छ। राज्यमा उक्त भाइरसले संक्रमण भएपछि केही नानीहरूको मृत्यु समेत भइसकेको थाहा लागेको छ। यता, सिलगढीमा पनि यसलाई लिएर चिन्ता बढ्दै गइरहेको छ। सिलगढीमा एडेनो भाइरस उपचारको स्थिति बुझ्नको लागि आज सिलगढीका विधायक शंकर घोषले सिलगढी जिल्ला अस्पतालमा पुगेर यसबारे जानकारी लिए। कलकता वाहेक राज्यमा कतै पनि यो भाइरस चिन्हित गर्न नसकिरहेको स्थिति रहेको कुरा जान्नमा आएको छ। सिलगढीका विधायक शंकर घोषले यसलाई लिएर चिन्ता व्यक्त गरेका छन्। यसैले गर्दा नै विधायकले आज सिलगढी अस्पतालको निरीक्षण गरेका छन्। अस्पतालको भ्रमणपछि विधायकले अस्पतालको सुपर चन्दन घोषसित पनि भेट गरे। विधायक शंकर घोषले भने, स्वास्थ्य विभागको उदासीनताको कारण सिलगढीमा एउटा ठूलो संक्रमण फैलिन सक्नेछ। कलकतामा संक्रमणको दर तीव्र रूपमा बढिरहेको छ। चाँडो भन्दा चाँडो यसको उपचारको लागि राज्यको मुख्यमन्त्रीलाई पत्र पठाउने तिनले जानकारी दिएका छन्।  

अर्कोतिर, सिलगढी अस्पतालका अधीक्षक चन्दन घोषले भने, सिलगढीमा एडेनो भाइरसलाई लिएर स्वास्थ्य विभागको गाइड लाइन छ। तथापि, डिटेक्शन सिस्टमको अभावमा सामान्य उपचार गरिँदैछ।  सिलगढीमा यसको संक्रमणको ग्राफ नियन्त्रणमा रहेको छ। तिनले एडेनो भाइरसबाट बाँच्नको लागि विशेष गरेर साना नानीहरूलाई सावधान बस्ने अपिल गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes