कोरोना परिस्थितिबारे प्रशासक गौतम देवले गरे स्वास्थ्य अधिकारीहरूसित बैठक

सिलगढी :  सिलगढी नगरनिगम कोरोनाको तेस्रो लहरको रोकथाम गर्नको लागि तत्पर छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज नगरनिगममा स्वास्थ्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठक टीकाकरण लगायत विभिन्न मुद्दहरूमाथि चर्चा-परिचर्चा गरिएको तिनले बताए। यस महिना भित्रमै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा अक्सिजन प्लान्ट चालू गरिने साथै सहरको कोरोना संक्रमित इलाकाहरूलाई कन्टेनमेन्ट जोनको रूपमा घोषित गरिएको तिनले बताए। सिलगढी सहरका बजारहरूलाई सेनिटाइज गर्नको लागि एक दिन बन्द राखिने साथै दार्जिलिङ घुम्न जाने प्रत्येक पर्यटकहरूले कोरोना भ्याक्सिनको दुवै खोप लगाएको हुनुपर्ने अथवा आरटीपीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *