कोरोना परिस्थितिबारे कालचिनीमा महत्वपूर्ण बैठक

अलिपुरद्वार : कोरोना परिस्थितिलाई लिएर आज कालचिनीमा एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। प्राप्त जानकारीअनासर कालचिनी ब्लकको पञ्चायत समितिको सभा कक्षमा ओसी अनिर्वाण मजुमदार, कालचिनी ब्लक स्वास्थ्य अधिकारी डा. सुभाष कुमार कर्मकार, कालचिनी ब्लकका विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरू, व्यवसायी संगठनका प्रतिनिधि, चियाकमानका म्यानेजरहरूलाई लिएर आज कोरोना परिस्थितिबारे एउटा महत्वपूर्ण बैठक गरियो। उक्त बैठकमा कालचिनीमा आगामी 1 मईदेखि बिहान 9 बजीदेखि साँझ 5 बजीसम्म दोकानपाठ खुल्ला रहने निर्णय लिएको छ। कालचिनी बीडीओ प्रशान्त बर्मनले बताएअनुसार सबै राजनैतिक पार्टीका प्रतिनिधिहरूले आगामी 2 मईको दिन विधानसभा चुनाउको परिणाम आएपछि कुनै प्रकार विजय जुलूस ननिकाल्ने साथै विजय उत्सव नमनाउने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *